September 20, 2024

एजेन्सी – बलात्कार आरोपमा जेल सजाय भोगिरहेका ब्राजिलियन फुटबलर ड्यानी अल्भेसलाई जेलमुक्त गर्न नेयमारको परिवारले आर्थिक सहयोग गर्ने भएको छ।

अल्भेसलाई धरौटीमा जेलमुक्त गर्नको लागि ब्राजिलियन स्टार नेयमारको परिवारले आर्थिक सहयोग गर्ने भएको हो। नेयमार जुनियरका पिताले अल्भेसलाई धरौटीमा जेलमुक्त गर्नको लागि १ मिलियन युरो सहयोग गर्ने भएको बताइएको छ।

बार्सिलोनाका पूर्व फुलब्याकले यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएपछि साढे चार वर्षको जेल सजाय पाएका छन्। उनले एक वर्षभन्दा बढी समय जेलमा बिताइसकेका छन्।

बलात्कार मुद्दामा माथिल्लो अदालतमा पुनरावेदन गर्दा अल्भेसले जेल बाहिर बसेर मुद्दा लड्न पाउनेछन्। तर त्यसको लागि उनले धरौटी तिर्नु पर्ने छ। धरौटी १ मिलियन युरो आसपास हुन आउने र सो रकम नेयमारका पिताले तिर्ने बताइएको छ।

त्यस्तै धरौटीमा रिहा भएपछि अल्भेसले ब्राजिलियन र स्पेनी राहदानी अदालतलाई बुझाउनु पर्नेछ भने उनले स्पेन छाड्न पाउने छैनन्। त्यस्तै उनले पिडित भनिएकी महिलासँग कुराकानी पनि गर्न पाउने छैनन्।

अदालतले धरौटीमा छाड्ने भएपछि पिडित पक्षले सो निर्णय विरुद्ध याचिका दायर गर्ने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *