September 20, 2024

एजेन्सी – फ्रान्स तथा आर्सनलका लेजेण्ड थिएरी हेनरीले सफलताको मामलामा फ्रेन्च स्टार किलियन एम्बाप्पेले आफूलाई पछि पारिसकेको बताएका छन्। एक कुराकानीका क्रममा थिएरी हेनरीले आफूलाई एम्बाप्पेले पछि पारिसकेको बताएका हुन्।

फ्रान्सको यू-२१ राष्ट्रिय टोलीको प्रशिक्षक समेत रहेका हेनरीले ले पेरिसियनसँग कुरा गर्नेक्रममा एम्बाप्पेले आफूलाई पछि पारिसकेको र उनको सामू उज्जल भविष्य रहेको बताए।

हेनरीले बार्सिलोना, आर्सनल र जुभेन्टस जस्ता धेरै युरोपेली दिग्गजहरूका लागि खेलेका छन्। आफ्नो खेल जीवनमा कयौं उपाधि जितेका उनले बार्सिलोनासँग एक च्याम्पियन्स लिग पनि जितेका छन्।

उता एम्बाप्पेले भने च्याम्पियन्स लिग जित्न बाँकी छ। तर पनि हेनरी सफलताको मामलामा एम्बाप्पेले आफूलाई पछि पारिसकेको मान्छन्। ले पेरिसियनसँगको कुराकानीका क्रममा हेनरीले एम्बाप्पे असाधारण खेलाडी रहेको बताउन छुटाएनन्।

“एम्बाप्पेले पहिले नै मलाई उछिनेसकेका छन्। यो पहिले नै सकिसकेको छ। किलियन पहिले देखि नै आफ्नो भविष्यमा छन्। एम्बाप्पे हाम्रो फ्रान्सका हुन्। हामीलाई एम्बाप्पे चाहिन्छ र उनले हाम्रो लागि सबै ठाउँमा प्रतिनिधिह्त्व प्रतिनिधित्व गर्नेछन्। उनी असाधारण छन्।”,हेनरीले भने।

एम्बाप्पेले फ्रान्सको टोलीबाट दुई विश्वकप फाइनल खेलिसकेका छन्। जसमध्ये एकमा उनले विश्वकपको उपाधि जितेका थिए। फ्रान्सका लागि एम्बाप्पेले ४६ गोल गरेका छन्। फ्रान्सका लागि हेनरीले ५१ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *