September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि पछिल्ला केहि साता दुखद रहन सकेनन्। साउदी क्लब अल नासरका लागि उनी केहि खेलमा अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न असफल भए।

फलस्वरूप अल नासरले एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिनु पर्यो। यसको अर्थ रोनाल्डोले यस सिजन एसियन च्याम्पियन्स लिग जित्न नसक्ने भए।

तर पछिल्लो खेलमा भने रोनाल्डोले आफ्नो गोल स्कोरिङ लय फेला पारे। अल नासरको पछिल्लो खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई जित दिलाए।

सो खेल पश्चात रोनाल्डो बिदामा निस्किएका छन्। रोनाल्डो केहि दिन देखि आफ्नो परिवारसँग रमाइलो समय व्यतित गरिरहेका छन्। रोनाल्डो अहिले परिवारसँग बिदा मात्र मनाइरहेका छैन्, आफूलाई रिचार्ज पनि गरिरहेका छन्।

रोनाल्डोले बिदा मनाउदै गरेका तस्विर तथा भिडियोहरु सामाजिक संजालमा पनि सार्वजनिक गरिरहेका छन्। तस्विर सार्वजनिक गर्दै रोनाल्डोले लेखेका छन्,”परिवारसँग साउदी अरबमा रिचार्ज गर्दै!”

क्रिष्टियानो रोनाल्डो अबको केही दिनमा पोर्चुगलको टोलीमा फर्किने तयारीमा छन् । ३९ वर्षिय खेलाडीले स्लोभेनियाविरुद्धको आगामी खेलमा आफ्नो अन्तर्राष्ट्रिय कीर्तिमानलाई थप विस्तार गर्ने मौका पाउनेछन्, जुन यस विन्डोको अन्तिम खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *