September 20, 2024

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत एसियाको दोस्रो चरणको छनोटमा अफगानिस्तानले भारतसँग अंक खोसेको छ। फिफा वरियतामा आफू भन्दा धेरै माथि रहेको भारतसँग अफगानिस्तानले अंक खोसेको हो।

अफगानिस्तानको होम म्याच भए पनि साउदी अरेबियामा खेलाइएको खेलमा अफगानिस्तानले भारतलाई गोल वहित बराबरीमा रोक्यो। बलमा राम्रो नियन्त्रण राखेपनि भारतले गोल भने गर्न सकेन।

भारतले कयौं पटक आक्रमण गर्दा पनि गोल निकाल्न नसक्दा अफगानिस्तानलाई एक अंक दिन भारत बाध्य भयो। यस बराबरीसंगै भारत विश्वकप छनोटको दोस्रो चरणको समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ।

भारतले दोस्रो चरणमा अहिले सम्म ३ खेल खेलेको छ। जसमध्ये एक खेलमा जित निकाल्दा एक खेलम हार बेहोरेको छ भने एक खेलमा बराबरी खेलेको छ।

भारतको ४ अंक छ। समूहको शिर्ष स्थानमा कतार रहेको छ। कतारले तीन मध्ये तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ। यस्तै समूहको तेस्रो स्थानमा कुवेत रहेको छ।

कुवेतले ३ मध्ये एक खेलमा जित निकाल्दा २ खेलमा हार बेहोर्दै ३ अंक जोडेको छ। भारतलाई बराबरीमा रोकेपछि एक अंक पाएको अफगानिस्तान ३ खेलमा २ हार र एक बराबरी सहित एक अंक जोडेर अन्तिम स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *