September 20, 2024

एजेन्सी – सन् २०१६ को युरो कप विजेता पोर्चुगल सन् २०२४ मा आयोजना हुने युरो कप अगाडी सानदार लयमा देखिएको छ। जर्मनीमा जुनबाट सुरु हुने युरो कप अगाडी पोर्चुगल सानदार लयमा देखिएको हो।

पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा रोबर्टो मार्टिनेज आएदेखि पोर्चुगलले एक खेल पनि हारेको छैन। कतारमा सम्पन्न विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग पराजित भएपछि मार्टिनेज पोर्चुगलको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।

उनको आगमन पछि पोर्चुगलले ११ खेल खेलेको छ। जसमध्ये एघारै खेलमा पोर्चुगल विजयी भएको छ। युरो छनोटमा पोर्चुगलले १० मध्ये १० खेल जितेको थियो भने बिहिबार राति पनि पोर्चुगलले जित निकाल्यो।

मार्टिनेजको आगमन पश्चात पोर्चुगलले मात्र २ खेलमा गोल बेहोरेको छ। यस बीचमा पोर्चुगलले ४१ गोल गरिसकेको छ। पोर्चुगलले अहिले सम्म ११ मध्ये ९ खेलमा क्लिनसिट राखेको छ।

बिहिबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल आफ्ना उत्कृष्ट खेलाडीहरु बिना नै मैदानमा उत्रिएको थियो। सो खेलमा ५ फरक खेलाडीले गोल गरे। जसकारण पोर्चुगल ५-२ को गोल अन्तरले विजयी भयो।

पोर्चुगलले अब यस अन्तर्राष्ट्रिय ब्रेकको दोस्रो खेल मार्च २७ मा स्लोभेनियासँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *