September 20, 2024

एजेनिस – विश्वविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय ब्रेकको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ। यस अन्तर्राष्ट्रिय ब्रेकको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एल साल्भाडोरलै पराजित गरेको हो।

अमेरिकामा भएको खेलमा अर्जेन्टिनाले एल साल्भाडोरलाई ३-० को गोल अन्तरले पराजित गर्यो। कप्तान लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिए पनि अर्जेन्टिनाले सानदार प्रदर्शन ग्तार्दै जित निकाल्यो।

एल साल्भाडोर विरुद्ध अर्जेन्टिनाले निरन्तर बलमा राम्रो नियन्त्रण राखेको थियो। खेलभर अर्जेन्टिनाले खुलेर आक्रमण गरेको थियो। बलमा अर्जेन्टिनाको ८० प्रतिशत नियन्त्रण थियो।

अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरो, एन्जो फर्नान्डेज र जियोभानी लो सेल्सोले गोल गरेका थिए। खेलमा भएका तीन गोल मध्ये दुई गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा आएका थिए।

खेलको १६ औं मिनेटमा गोल गर्दै क्रिस्टियन रोमेरोले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४२ औं मिनेटमा गोल गर्दै एन्जो फर्नान्डेजले विश्वविजेता को अग्रता दोब्बर पारे।

त्यस्तै खेलको ५२ औं मिनेटमा अर्जेन्टिनाका लागि तेस्रो गोल जियोभानी लो सेल्सोले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *