December 23, 2024

एजेन्सी – पोर्चुगलका युवा खेलाडी ब्रुमा लामो समय पछि पोर्चुगलको प्रतिष्ठित नम्बर ७ को जर्सी लगाउने क्रिस्टियानो रोनाल्डो बाहेकका पहिलो खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्वीडेन विरुद्धको खेलमा पोर्चुगलको टोलीमा स्थान बनाउँदा ब्रुमा सन् २००७ पछि पोर्चुगलको प्रतिष्ठित नम्बर ७ को जर्सी लगाउने क्रिस्टियानो रोनाल्डो बाहेकका पहिलो खेलाडी बनेका हुन्।

बिहिबार राति पोर्चुगलले स्वीडेनको सामना गरेको थियो। सो खेलमा क्रिस्टियानो रोनाल्डोलाई खेलाइएको थिएन। रोनाल्डोको अनुपस्थितिमा ब्रुमाले जर्सी नम्बर सात लगाउने अवसर पाएका थिए।

सन् २००७ मा रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर सात लगाउन थालेपछि अन्य कुनै पनि खेलाडीले यो जर्सी लगाउन पाएका थिएनन्। तर बिहिबार राति ब्रुमाले जर्सी नम्बर ७ लगाउन पाए।

ब्रुमाले स्वीडेन विरुद्धको खेलमा बेन्चबाट मैदान प्रवेश गर्न पाएका थिए। उनले ब्रुनो फर्नान्डेसको उत्कृष्ट असिस्टपछि पोर्चुगलका लागि चौथो गोल गर्दै दुर्लभ अवसरको सदुपयोग गरे।

७ नम्बरको ब्याकमा फिल्डिङ गर्ने मौका पाएको ब्रुमाका लागि यो विशेष रात थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *