September 20, 2024

एजेन्सी – कोलम्बियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ। शुक्रबार राति भएको खेलमा कोलम्बियाले स्पेन माथि ऐतिहासिक जित निकालेको हो।

लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्यो। अहिले सम्म कोलम्वियाले स्पेनलाई कुनै पनि खेलमा पराजित गर्न सकेको थिएन।

तर शुक्रबार राति भने स्पेनलाई कोलम्वियाले पराजित गरेरै छाड्यो। खेलमा कोलम्वियालाई ऐतिहासिक जित दिलाउन ड्यानियल मुनोजले गोल गरे। उनले दोस्रो हाफमा गोल गरेका थिए।

पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न नसकेपनि खेलको क्रिस्टल प्यालेसका डिफेन्डर मुनोजले ६१औं मिनेटमा गोल गरे। उनले लुइस डियाजको पासमा गोल गरेका थिए।

खेलभर स्पेनले बलमा राम्रो नियन्त्रण राखे पनि गोल भने गर्न सकेन। स्पेनले बलमा कुल ५८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर स्पेनबाट १३ प्रहार भएका थिए।

जसमध्ये ३ प्रहार टार्गेटमा थिए। कोलम्वियाले खेलभर कुल ७ प्रहार गरेको थियो। जसमद्ये ५ प्रहार टार्गेटमा थिए। स्पेनले सन् २०१६ पछि पहिलोपटक मैत्रीपूर्ण खेलमा पराजित पराजय भोग्न पुगेको छ।

सन् २०१६ को जुनमा स्पेनले जर्जियासँग हार बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *