September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामी आज राति एक्सनमा उत्रँदैछ। मेजर सकर लिगको छैठौं लिगको खेलका लागि इन्टर मियामी आज राति एक्सनमा उत्रन लागेको हो।

मियामीले आज राति न्यूयोर्क रेड बुल्सको सामना गर्नेछ। खेल न्यूयोर्क रेड बुल्सको घरेलु मैदान रेड बुल एरिनामा हुनेछ। खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

मियामी अहिले मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फको शिर्ष स्थानमा छ। मियामीले यस सिजन खेलेका ५ खेल मध्ये ३ खेलमा जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ।

मियामीको १० अंक छ। त्यस्तै एक खेल कम खेलेको न्यूयोर्क २ जित र एक हार सहित ७ अंक बनाएर छैठौं स्थानमा छ। यस सिजन मियामी र न्यूयोर्क दुवैले एक-एक खेलमा बराबरी खेलेका छन्।

गत सिजन यी दुई टोली बीच भेट हुँदा मियामी विजयी भएको थियो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी समेत खेलेको सो खेल मियामीले २-० को गोल अन्तरले न्यूयोर्कलाई पराजित गरेको थियो।

आज राति हुने खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भने हुने छैनन्। पछिल्लो पटक उनी खुट्टामा चोट लागेपछि आराम गरिरहेका छन्। मियामी आज मेस्सी बिना नै जित निकाल्ने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *