December 23, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्यान्डलाई पराजित गरेको छ। शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्यान्डलाई पराजित गरेको हो।

ब्राजिलले घरेलु टोली इंग्ल्यान्डमाथि १–० को जित निकाल्यो। शनिबार राति वेम्वली स्टेडियम लण्डनमा भएको खेलमा बलमा राम्रो नियन्त्रण राखेर पनि इंग्ल्यान्ड पराजित भयो।

खेलभर बलमा इंग्ल्यान्डले कुल ५३ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर इंग्ल्यान्डको तर्फबाट १४ प्रहार भएका थिए। जसमध्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत भएनन्।

त्यस्तै ब्राजिलले बलमा कम नियन्त्रण राखेपनि आक्रमणमा राम्रो गर्न सकेको थियो। खेलभर ब्राजिलको तर्फबाट १ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा पनि परिणत भयो।

खेलको एक मात्र गोल युवा प्रतिभा एन्ड्रिकले गरेका थिए। ७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ८०औं मिनेटमा गोल गर्दै ब्राजिलको जित पक्का गरे।

उनले मैदान छिरेको नवौं मिनेटमा भिनिसियस जुनियरको पासमा गरेका थिए। यस जितसँगै ब्राजिलको लगातार चार जितविहीन यात्रामा पूर्णविराम लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *