September 20, 2024

एजेन्सी – मेजर सकर लिग अन्तर्गतको खेलमा इन्टर मियामीले लज्जासपद हार बेहोरेको छ। मेजर सकर लिगको नयाँ सिजनको छैठौं खेलमा मियामीले लज्जास्पद हार बेहोरेको हो।

शनिबार राति मियामीले न्यूयोर्क रेड बुल्ससँग ४-० को लज्जास्पद हार बेहोर्यो। न्यूयोर्क रेड बुल्सको घरेलु मैदान रेड बुल एरिनामा भएको खेलमा मियामीले बलमा नियन्त्रण राखेपनि हार बेहोर्न पुग्यो।

पहिलो हाफमा एक गोल बेहोरेपनि मियामीले दोस्रो हाफमा तीन गोल बेहोर्यो। न्यूयोर्कको जितमा लेविस मोर्गनले ह्याट्रिक पूरा गर्दा विकलम्यान कार्मोनाले एक गोल गरे।

खेलभर बलमा मियामैले कुल ६९ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर इन्टर मियामीले कुल ७ प्रहार गरेको थियो। जसमध्ये २ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेन।

त्यस्तै न्यूयोर्कले भने १२ प्रहार गरेको गर्दा ६ प्रहार टार्गेटमा राखेको थियो। खेलको तेस्रो मिनेटमा मोर्गनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

उनले खेलको ५१ र ७० औं मिनेटमा पनि गोल गरेका थिए। त्यस्तै कार्मोनाले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी नखेलेको खेलमा लुइस सुआरेज खेलेपनि मियामीका लागि उनले गोल गर्न सकेनन्।

यस हारसंगै मियामी शिर्ष स्थानबाट तेस्रो स्थानमा झरेको छ। मियामीले ६ खेलमा ३ जित २ हार र एक बराबरी सहित १० अंक बनाएको छ। मियामीलाई पराजित गरेपछि न्यूयोर्क शिर्ष स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *