September 20, 2024

एजेन्सी – लिभरपुलका पूर्व मिडफिल्डर मोहम्मद सिसोकोले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अन्तिम सिजन बिताइरहेका फ्रेन्च स्टार किलियन एम्बाप्पेले क्लबलाई जिताउन सकेको सबै गर्ने बताएका छन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पिएसजीले बार्सिलोनाको सामना गर्दा एम्बाप्पे उत्प्रेरित भएर मैदानमा उत्रिने बताएका हुन्। उनका अनुसार पिएसजीलाई जिताउन एम्बाप्पेले सकेको सबै गर्नेछन्।

एम्बाप्पे आफ्नो अन्तिम सिजनमा पीएसजीसँग च्याम्पियन्स लिग जित्न निकै उत्प्रेरित हुने सिसोकोले बताए। उनका अनुसार बार्सिलोना र पिएसजी बीचको खेलमा पिएसजीले जित्न सक्नेछ।

“पिएसजी दाबेदार हो। एमबाप्पे उत्प्रेरित भएर टाईमा पुग्नेछन् किनभने यो उनको पिएसजी जर्सीको अन्तिम वर्ष हो, र उनले उपाधि जित्नको लागि सक्दो प्रयास गर्नेछन्।”,उनले भने।

त्यसक्रममा उनले पछिल्लो समय बार्सिलोनाले सुधारिएको प्रदर्शन गरिरहेको बताउन छुटाएनन्। बार्सिलोनाका खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेको उनको भनाई छ।

उनले भने,”बार्सिलोनाले हालसालै सुधार गरेको छ र राम्रो खेलिरहेको छ, र यसका केही युवा खेलाडीहरू, जस्तै यामल र पाउ क्युबार्सीले आश्चर्यजनक स्तरमा प्रदर्शन गरेका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *