December 23, 2024

एजेन्सी – जर्मन लिजेन्ड फिलिप ल्हामले यस वर्षको अन्त्यमा जर्मनीमा हुने युरो कपको उपाधि डिडियर डेसच्याम्प्सको फ्रान्सले जित्न सक्ने सम्भावना रहेको बताएका छन्।

बायर्न म्युनिख लेजेन्डले एक कुराकानीका क्रममा फ्रान्स युरो कपको उपाधि दाबेदार रहेको बताएका हुन्। युरो कप जर्मनीमा हुने भएपछि फ्रान्स उपाधिको मुख्य दाबेदारको रुपमा रहने उनको भनाई छ।

त्यसक्रममा उनले फ्रान्ससँग धेरै प्रतिभाशाली ४० खेलाडी रहेको बताए। फ्रान्ससँग धेरै सन्तुलित टोली रहेको र बेन्चबाट प्रवेश गरेर खेललाई उलटपुलट गर्न सक्ने खेलाडी समेत रहेको बताउन ल्हामले छाडेनन्।

“फ्रान्स दाबेदार हो। म भन्न चाहन्छु कि उनीहरुसँग ४० खेलाडी छन्, जो धेरै प्रभावशाली छन्। फ्रान्ससँग धेरै सन्तुलित समूह छ र परिवर्तन गर्न उनीहरुलाई धेरै सहज छ। फ्रान्सको बेन्च पनि बलियो हुनेछ।”,ल्हामले भने।

चाखलाग्दो कुरा के छ भने लाहमले आफ्नो जन्मभूमि जर्मनीको नाम लिएनन् जसले आगामी युरोपियन प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिताको पहिलो खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच जुन १४ मा बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ।

फ्रान्सले प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा जुन १७ मा अस्ट्रियासँग खेल्नेछ। समूह डी मा नेदरल्यान्ड्स, अस्ट्रिया र पोल्याण्ड सँग-संगै फ्रान्स छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *