December 23, 2024

एजेन्सी – स्पेनिस लालिगाको जारी सिजन अन्त्य तर्फ अगाडी बढिरहेको छ। अहिले लालिगाको शिर्ष स्थानमा रियल म्याड्रिड छ भने दोस्रो स्थानमा बार्सिलोना रहेको छ।

बार्सिलोना र रियल म्याड्रिड दुवैले अब लालिगामा ९-९ खेल खेल्न बाँकी छ। रियल बार्सिलोना भन्दा ८ अंकले अगाडी छ। रियलले सिजनका २९ खेल खेल्दा २२ खेलमा जित निकालेको छ।

रियल मात्र एक खेलमा पराजित भएको छ भने उसले ६ खेल बराबरी खेलेको छ। रियलको ७२ अंक छ। यस्तै बार्सिलोनाले २९ खेल खेल्दा १९ खेलमा जित निकालेको छ भने ३ खेलमा पराजय भोगेको छ।

यस सिजन बार्सिलोनाले ७ खेल बराबरी खेल्दै ६४ अंक बनाएको छ। एक हिसाबले लालिगा उपाधि होडमा रियलले बाजी मारिसकेको छ। तर यसो भन्दैमा बार्सिलोनाले रियललाई भेट्टाउन सक्ने सम्भावना भने सकिसकेको छैन।

रियलले आगामी ९ खेल मध्ये केहि खेलमा पराजय भोग्ने हो र केहि खेलमा बराबरीमा रोकिने हो भने त्यसले बार्सिलोनालाई फाइदा पुग्न सक्छ। तर सो अवस्थामा बार्सिलोनासँग कुनै पनि खेल हार्ने वा बराबरीमा रोकिने छुट हुने छैन।

आगामी अप्रिल महिनाको २२ मा बार्सिलोनाले रियलको घरेलु मैदानको भ्रमण गर्नेछ। सो खेलले पनि लालिगा उपाधि होडमा धेरै कुराको टुंगो लगाउने छ। उक्त खेलमा रियललाई पराजित गर्न सक्ने बार्सिलोनालाई फाइदा पुग्नेछ। तर बार्सिलोना पराजित हुने हो भने रियल सहज रुपमा लालिगा च्याम्पियन बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *