September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी छिट्टै एक्सनमा उत्रिने तयारीमा छन्। कन्काकफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लेगका लागि मेस्सी एक्सनमा उत्रने तयारीमा रहेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

अन्तिम १६ को खेलमा घाइते भएका मेस्सी पछिल्लो समय आराम गरिरहेका थिए। मेस्सी कन्काकफ च्याम्पियन्स कपको अन्तिम १६ को दोस्रो लेग खेलका क्रममा घाइते भएका थिए।

त्यसयता उनले इन्टर मियामी र अर्जेन्टिनासँगका खेलहरु गुमाए। मेस्सीले मियामीसँगका तीन खेल खेल्न सकेनन् भने अर्जेन्टिनाका दुई मैत्रीपूर्ण खेलमा मेस्सी अनुपस्थित थिए।

तर अब भने मेस्सी मैदान फर्किन सक्छन्। मेस्सी कन्काकफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत मोन्टेरे विरुद्ध मैदानमा उत्रन सक्ने उच्च सम्भावना छ।

मियामीका प्रशिक्षकले न्यूयोर्क विरुद्धको खेल अगाडी मेस्सी मोन्टेरे विरुद्धको खेलका लागि उपलब्ध हुन सक्ने जानकारी दिएका थिए। मियामी र मोन्टेरे बीचको खेल यहि बिहिबार बिहान हुनेछ।

मेस्सी मार्च १३ देखि इन्टर मियामीबाट खेलेका छैनन् र कोस्टारिका र एल साल्भाडोर विरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको टोलीमा सामेल भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *