September 20, 2024

एजेन्सी – साउदी प्रो लिगको अर्को खेलका लागि साउदी क्लब अल नासर आज एक्सनमा उत्रँदैछ। साउदी प्रो लिगको दोस्रो स्थानमा अरहेको अल नासर आज राति एक्सनमा उत्रन लागेको हो।

आज राति अल नासरले आभाको सामना गर्नेछ। आभा र अल नासर बीचको खेल प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियम हुनेछ। खेल आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अल नासर अहिले साउदी लिगको दोस्रो स्थानमा रहेको छ। अल नासरले सिजनका २५ खेल खेल्दा १९ खेलमा जित निकालेको छ भने ४ खेलमा पराजय भोगेको छ।

२ बराबरी सहित उसले ५९ अंक बनाएको छ। अल नासर शिर्ष स्थानको अल हिलाल भन्दा ११ अंकले पछि छ। त्यस्तै आभा भने लिगको रेलिगेसन जोनमा छ।

आभाले सिजनका २५ खेल खेल्दा ६ खेलमा मात्र जित निकालेको छ भने १५ खेलमा पराजय भोगेको छ। आभा ४ बराबरी सहित २२ अंक बनाएर १७ औं स्थानमा छ।

पछिल्लो खेलमा अल नासरले सानदार जित निकालेको थियो। अल नासरले अल ताई विरुद्धको खेलमा ५-१ को जित निकालेको थियो भने क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *