September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड प्रिमियर लिग उपाधि होडमा पछि परेपनि कम्ब्याक गर्न सक्नेमा आशावादी देखिएका छन्।

आर्सनलसँग बराबरी खेलेसंगै उपाधि होडमा केहि पछि परेपनि सिटीले कम्ब्याक गर्नेमा हालाण्ड आशावादी देखिएका हुन्। आर्सनलसँग बराबरी खेलेपछि हालाण्डले सामाजिक संजाल मार्फत त्यस्तै आशा व्यक्त गरे।

हालाण्डका अनुसार सिटीले पहिला पनि कम्ब्याक गरेको छ र अब पनि कम्ब्याक गर्नेछ। हालाण्डले सामाजिक संजालमा लेखेका छन्,”हामीले यो एक पटक गरिसकेका छौँ, हामी फेरि गर्न सक्छौं!”

आइतबार राति आर्सनल र सिटीले गोल रहित बराबरी खेलेका थिए। सो बराबरीले लिभरपुललाई फाइदा पुग्यो। आर्सनल र सिटीले बराबरी खेल्दा लिभरपुलले शिर्ष स्थानमा स्पष्ट अग्रता पायो।

अहिले लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा छ भने आर्सनल दोस्रो स्थानमा छ। त्यस्तै सिटी तेस्रो स्थानमा रहेको छ। लिभरपुलले २९ खेलमा २० जित निकाल्दै ६७ अंक बनाएको छ।

समान २९ खेलमा २० जित निकालेको आर्सनल ६५ अंक सहित दोस्रो स्थानमा छ। त्यस्तै २९ खेलमा १९ जित निकालेको सिटी ६४ अंक सहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *