September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका युवा स्टार एर्लिङ हालाण्डले पहिलो सिजनमै प्रिमियर लिग गोल्डेन बुट जितेका थिए। उनले ३५ खेलमा ३६ गोल गरेका थिए।

तर यस सिजन भने हालाण्डले पहिलो सिजनमा जस्तो उच्च संख्यामा गोल गर्न सकिरहेका छैनन्। उनले यस सिजन सिटीका लागि २४ खेलमा १८ गोल गरेका छन्।

हालाण्ड यस सिजन पनि प्रिमियर लिगको गोल्डेन बुट जित्ने दौडमा छन्। तर यस सिजन उनले नै गोल्डेन बुट जित्छन् भन्ने पक्का भने छैन। केहि खेलमा गोल गर्न नसक्दा उनलाई अन्य खेलाडीले भेट्टाउन सक्ने अवस्था बनेको छ।

प्रिमियर लिग गोल्डेन बुट दौडमा उनले लिभरपुलका मोहम्मद सलाहले पछ्याइरहेका छन्। सलाह हालाण्ड भन्दा मात्र दुई गोलले पछि छन्। सलाहले लिभरपुलका लागि यस सिजन प्रिमियर लिगका २३ खेलमा १६ गोल गरेका छन्।

बोर्नेमाउथका डोमिनिक सोलंके यस दौडको तेस्रो स्थानमा छन्। उनले पनि १६ गोल गरेका छन्। १६ नै गोल गरेका वेष्टह्याम युनाइटेडका जारोड बोवेन चौंथो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *