September 20, 2024

एजेन्सी – साउदी प्रो लिगमा आल नासरले अर्को सानदार जित दर्ता गरेको छ। पछिल्लो खेलम गोलवर्षा गरेको अल नासरले मंगलबार राति पनि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको हो।

मंगलबार राति अल नासरले कम्जोर टोली आभा माथि ८-० को जित दर्ता गर्यो। अल नासरको सानदार जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो नायक बने।

रोनाल्डोले आभा विरुद्ध पहिलो हाफमै ह्याट्रिक पूरा गरे। रोनाल्डोले यस अगाडीको खेलमा पनि ह्याट्रिक गरेका थिए। रोनाल्डोले आभा विरुद्ध दुई गोलका लागि असिस्ट पनि दिएका थिए।

रोनाल्डोले खेलको ११, २१ र ४२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। पहिलो हाफमा रोनाल्डोका अलावा साडियो माने र अब्दुलमाजिद अल सुलाहिमलले पनि गोल गरे।

मानेले ३३ औ मिनेटमा आगोल गर्दा अब्दुलमाजिद अल सुलाहिमलले ४४ औ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा अल नासरले ५-० को अग्रता पाएको थियो।

दोस्रो हाफमा अपनी अल नासरले तीन गोल थप्यो। ५१ औं मिनेटमा अब्दुलरहमान घरिबले गोल गर्दा अब्दुलजिज अल अलिवाले ६३ र ८६ औं मिनेटमा गोल गर्दा अल नासरको ८-० को जित पक्का भयो।

यस जित पश्चात साउदी लिगमा अल नासरको ६२ अंक भएको छ। अल नासर अहिले लिगको दोस्रो स्थानमा छ। आभा भने २२ अंक सहित १७ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *