September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफूहरु नरोकिने बताएका छन्। साउदी प्रो लिग अन्तर्गतको खेलमा गोलवर्षा गर्दै जित निकालेपछि रोनाल्डोले आफूहरु नरोकिने बताएका हुन्।

साउदी प्रो लिगको २६ औं खेलमा अल नासरले मंगलबार राति रेलिगेसन जोनको आभा माथि ८-० को जित निकालेको थियो। सो जित पश्चात रोनाल्डोले सामाजिक संजाल मार्फत आफूहरु रोकेर नर्किने बताएका हुन्।

“हामी हाम्रो रफ्तार कम गर्ने छैनौँ।”,रोनाल्डोले सामाजिक संजालमा आभा विरुद्धको खेलमा जित दर्ता गर्दाका तस्विर सार्वजनिक गर्दै रोनाल्डोले लेखेका छन्।

मंगलबार राति अल नासरले कम्जोर टोली आभा माथि ८-० को जित दर्ता गर्यो। अल नासरको सानदार जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो नायक बने।

रोनाल्डोले आभा विरुद्ध पहिलो हाफमै ह्याट्रिक पूरा गरे। रोनाल्डोले यस अगाडीको खेलमा पनि ह्याट्रिक गरेका थिए। रोनाल्डोले आभा विरुद्ध दुई गोलका लागि असिस्ट पनि दिएका थिए।

रोनाल्डोले खेलको ११, २१ र ४२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। रोनाल्डोका अलावा साडियो माने र अब्दुलमाजिद अल सुलाहिमलले पनि गोल गरे। त्यस्तै अब्दुलरहमान घरिबले एक गोल गर्दा अब्दुलजिज अल अलिवाले दुई गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *