September 20, 2024

एजेन्सी – बायर लेभरकुसेनका प्रशिक्षक जाबी अलोन्सो जर्मनीमा रहने भएका छन्। यस सिजन बायर लेभरकुसेनलाई राम्रो सफलता तर्फ अगाडी बढाइरहेका जाबीले जर्मनीमै रहने निर्णय गरेका हुन्।

जाबीलाई केहि क्लबले भित्र्याउन चाहेको भएपनि उनले बायर लेभरकुसेनमै रहने निर्णय गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार उनी आगामी सिजन बायर लेभरकुसेनमै रहनेछन्।

जाबीलाई प्रिमियर लिग क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखले क्लबको जिम्मेवारी दिन चाहेका थिए। तर जाबी भने बायर लेभरकुसेन छाडेर अन्यत्र जाने पक्षमा देखिएनन्।

जाबीको बायर लेभरकुसेन यस सिजन अपराजित छ। बायर लेभरकुसेनले यस सिजन कुनै पनि खेलमा पराजित भएको छैन। बायर लेभरकुसेन युरोपा लिग र बुन्डेसलिगा जित्ने योजनामा छ।

त्यस्तै बायर लेभरकुसेन आगामी सिजन च्याम्पियन्स लिगमा पनि हुने पक्का छ। यस्तोमा उनले अन्यत्र जाने भन्दा पनि बायर लेभरकुसेनसंगै रहेर च्याम्पियन्स लिगमा सहभागी हुने योजना बनाएको बताइएको छ।

जाबी कम्तीमा पनि अर्को सिजन सम्म बायर लेभरकुसेनमा रहनेछन्। आगामी सिजन पश्चात भने उनले अन्यत्र जाने योजना बनाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *