September 20, 2024

एजेसी – कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिता जित्ने इन्टर मियामीको योजनामा ठूलो धक्का लागेको छ। कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएसंगै मियामीलाई धक्का लागेको हो।

मेक्सिन क्लब मोन्टेरीविरुद्ध भएको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा मियामी घरेलु मैदानमिया पराजित भयो। मियामीको घरेलु मैदानमा मोन्टेरी २-१ को गोल अन्तरले विजयी भयो।

पहिलो हाफमा १-० को अग्रता लिएपनि मियामीले सो अग्रतालाई जोगाउन सकेन। मियामी दोस्रो हाफमा १० खेलाडीमा सिमित हुन पुग्यो। जस पश्चात उसले दुई गोल बेहोर्यो।

खेलको १९ औं मिनेटमा टोमास अभिलेसले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। खेलको ६५ औं मिनेटमा डेभिड रुइज रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिए।

त्यसको केहि मिनेट नबित्दै खेलको ६९ औं मिनेटमा म्याक्सिमिलानो मेजाले बराबरी गोल फर्काए। खेलको ८९ औं मिनेटमा पाहुना टोलीले अर्को गोल गर्यो।

सो गोल जोर्गे रोड्रिग्वेजले गरेका थिए। सो गोल नै खेलको निर्णायक गोल बन्यो। अब दोस्रो लेगको निर्णायक खेल अप्रिल ११ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *