September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा लण्डन क्ल्लब चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा बिहिबार राति चेल्सीले युनाइटेडलाई पराजित गरेको हो।

७ गोल भएको रोमान्चक खेलमा चेल्सी ४-३ को गोल अन्तरले विजयी भयो। युनाइटेड विरुद्ध चेल्सीका कोल पाल्मरले ह्याट्रिक गर्दा कोनोर गल्लाघेरले एक गोल गरे।

त्यस्तै युनाइटेडका लागि भने अलेजान्द्रो गार्नाचोले दुई गोल गर्दा ब्रुनो फेर्नानडेजले एक गोल गरे। पहिलो हाफमा २-२ को बराबरी भएको खेल अन्त्यमा भने चेल्सीले आफ्नो पक्षमा पार्यो।

खेलको चौथो मिनेटमा गल्लाघेरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। चेल्सीले १९ औं मिनेटमा पेनाल्टी पाउँदा पाल्मरले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

खेलको ३४ औं मिनेटमा गार्नाचोले गोल गरे संगै युनाइटेड खेलमा फर्कियो। ३९ औं मिनेटमा ब्रुनो फेर्नानडेजले गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याए।

खेलको ६७ औं मिनेटमा गार्नाचोले गोल गर्दा युनाइटेडले ३-१ को अग्रता पायो। तर इन्ज्युरी समयमा युनाइटेडले दुई गोल बेहोर्यो। इन्ज्युरी समयको १० औं मिनेटमा चेल्सीका लागि पाल्मरले पेनाल्टीमा गोल गरे।

त्यसको एक मिनेट पछि नै उनैले अर्को एक गोल गरे। जससंगै चेल्सीको जित पक्का भयो। यस संगै चेल्सी १० औं स्थानमा उक्लिएको छ। चेल्सीले २९ खेलमा ४३ अंक बनाएको छ। युनाइटेड भने ४८ अंक सहित छैठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *