September 20, 2024

एजेन्सी – आज राति साउदी प्रो लिग क्लब अल नासर एक्सनमा उत्रँदैछ। साउदी प्रो लिगको जारी सिजनको २७ औं खेलका लागि अल नासर आज एक्सनमा उत्रन लागेको हो।

आज राति अल नासरले दमाक एफसीको सामना गर्नेछ। खेल प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

पछिल्लो समय उच्च लयमा रहेको अल नासर आज जित निकाल्ने दाउमा हुनेछ। अल नासर अहिले साउदी प्रो लिगको दोस्रो स्थानमा छ। सिजनका २६ खेलमा २० जित निकाल्दा उसले ४ खेलमा हार बेहोरेको छ।

२ बराबरी सहित अल नासरले ६२ अंक जोडेको छ। अल नासर शिर्ष स्थानको अल हिलाल भन्दा १२ अंकले पछि छ। त्यस्तै दमाक भने लिगको आठौं स्थानमा छ।

दमाकले २६ खेलमा ९ जित निकाल्दा ९ नै खेलमा हार बेहोरेको छ। त्यस्तै ८ खेलमा बराबरी खेल्दा उसले ३५ अंक जोडेको छ। यस अगाडी भएको खेलमा अल नासरले दमाकलाई २-१ को गोल अन्तरले पराजित गरेको थियो।

कहाँ हेर्ने खेल ?

प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुने खेल भारतीय टेलिभिजन च्यानाल सोनी टेन १ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *