September 20, 2024

एजेन्सी – विश्व फुटबल महासंघ (फिफा) वरियतामा भारत लगातार गुल्टिएको छ। कुनै समय फिफा वरियताको शिर्ष १ सय भित्र समावेश हुन सफल भारतको वरियता पछिल्लो समय भने निरन्तर घटेको हो।

विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरियतामा भारत चार स्थान तल झरेको छ। चार स्थान तल झरेपछि भारत १ सय २१ औं स्थानमा आइपुगेको छ।

यससंगै भारत २०१७ मार्च पछिकै तल्लो वरियतामा आइपुगेको छ। भारत सन् २०१७ मार्च महिनामा विश्व फुटबल महासंघ (फिफा) वरियताको १ सय ३२ औं स्थानमा थियो।

तर त्यसपछि भारतले फिफा वरियतामा निरन्तर सुधार गरेको थियो। त्यसपछि भारत फिफा वरियतामा ९६ औं स्थान सम्म पुगेको थियो। जुलाई २०१७ र अगस्ट २०१८ गरी दुई पटक फिफा वरियताको ९६ औं स्थानमा पुग्न सफल भएको थियो।

एएफसी एसिया कपमा कम्जोर प्रदर्शन पश्चात भारत फिफा वरियतामा निरन्तर तल झरिरहेको छ। एसिया कपमा भारत अष्ट्रेलिया, उज्वेकिस्तान र सिरियासँग पराजित भएको थियो।

२०१५ को एसियाली च्याम्पियन अस्ट्रेलियासँग २–० को पराजय र उज्वेकिस्तानसँग ३–० को हार बेहोरेको भारतले सिरिया १-० को गोल अन्तरको पराजय भोगेको थियो।

यस अगाडी भारत फिफा वरियतामा सिधा १५ स्थान तल झरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *