September 20, 2024

एजेन्सी – आइतबार बिहान मेजर सकर लिग क्लब इन्टर मियामी एक्सनमा उत्रँदैछ। मेजर सकर लिगको नयाँ सिजनको आठौँ खेलका लागि मियामी आइतबार बिहान एक्सनमा उत्रन लागेको हो।

आइतबार बिहान मियामीको भेट कोलोराडो र्यापिड्ससँग हुनेछ। खेल मियामीको घरेलु मैदान चेज स्टेडियममा हुनेछ। खेल आइतबार बिहान नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

मियामी अहिले मेजर सकर लिगको इन्स्टर्न कन्फरेन्स तर्फको दोस्रो स्थानमा छ। ७ खेल खेल्दा मियामीले ३ खेलमा जित निकालेको छ भने २ खेलमा पराजय भोगेको छ।

त्यस्तै २ खेल बराबरी खेल्दा मियामीले ११ अंक बनाएको छ। कोलोराडो र्यापिड्स भने वेस्टर्न कन्फरेन्स तर्फ सातौं स्थानमा छ। कोलोराडो र्यापिड्सले ६ खेल मध्ये २ खेलमा जित निकाल्दै २ खेलमा हार बेहोरेर ८ अंक बनाएको छ।

मेस्सी खेल्ने सम्भावना कति ?

आइतबार कोलोराडो र्यापिड्स विरुद्ध अर्जेन्टिनी स्टार लियोनेल मेस्सी खेल्ने उच्च सम्भावना छ। मियामीको म्याच स्क्वाडमा मेस्सीको नाम समावेश गरिएको छ।

सुरुवाती ११ मा नपरेपनि मेस्सी बेन्चबाट मैदान प्रवेश गर्न सक्छन्। चोटका कारण उनी केहि समय देखि मियामीको टोलीमा थिएनन्। चोटका कारण मेस्सीले पछिल्ला चार मेजर सकर लिग खेल गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *