September 20, 2024

एजेन्सी – एक ‘सुपरकम्यूटर’ले गरेको भविष्यवाणीलाई मान्ने हो भने यस पटकको च्याम्पियन्स लिगको उपाधि प्रिमियर लिग क्लब आर्सनलले जित्न सक्छ।

पछिल्ला दुई सिजन निरन्तर च्याम्पियन्स लिगको विजेताको सहित भविष्यवाणी गरेको एक ‘सुपरकम्यूटर’ले यस पटक च्याम्पियन्स लिगको उपाधि आर्सनलले जित्न सक्ने भविष्यवाणी गरेको हो।

सो सुपरकम्यूटर अनुसार यस पटक च्याम्पियन्स लिग आर्सनलले जित्ने २२ प्रतिशत सम्भावना छ। त्यस्तै प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जित्ने सम्भावना २० प्रतिशत छ।

जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग जित्न सक्ने सम्भावना १५ प्रतिशत रहेको सो ‘सुपरकम्यूटर’को भविष्यवाणी छ। च्याम्पियन्स लिग जित्ने स्पेनिस क्लब रियल म्याड्रिडको सम्भावना १२ प्रतिशत रहेको सो सुपरकम्यूटरको अनुमान छ।

पेरिस सेन्ट जर्मेन(पिएसजी) र बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सक्ने सम्भावना ७-७ प्रतिशत रहेको सो सुपरकम्यूटरले जनाएको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनलले बायर्न म्युनिखको सामना गर्दैछ।

त्यस्तै म्यानचेस्टर सिटीको क्वाटरफाइनलमा रियल म्याड्रिडसँग भेट हुँदैछ। बार्सिलोनाले पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्दा बोरुसिया डर्टमण्डले एटलेटिको म्याड्रिडको सामना गर्दैछ।

च्याम्पियन्स लिग क्वाटरफाइनलका खेलहरु यहि साताबाट सुरु हुँदैछन्। यस साता पहिलो लेगका चार खेल हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *