September 20, 2024

एजेन्सी – इंग्लिस प्रिमियर लिगको महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेलेका छन्। आइतबार भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका हुन्।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा २-२ को बराबरी खेल्दै अंक बाँडे। लिभरपुलका लागि मोहम्मद सलाह र लुइस डियाजले गोल गर्दै युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र कोबी माइनुले गोल गरे।

खेलको २३ औं मिनेटमा डियाजले कर्नरमा डार्विन न्युनेजले दिएको फ्लिक हेडरलाई डियाजले गोल गरेका थिए। पहिलो हाफमा त्यसपछि थप गोल भएनन्।

तर खेलको ५० औं मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काए। लिभरपुलका डिफेन्डर बेन क्वान्साले मैदानको मध्य भागमा दिएको पासलाई ब्रुनोले टाढा बाट गोलमा परिणत गरे।

६७ औं मिनेटमा कोबी माइनुले युनाइटेडका लागि दोस्रो गोल गरे। ८४ औं मिनेटमा लिभरपुलले पेनाल्टीको अवसर पायो। मोहमद सलाहले पेनाल्टीमा बराबरी गोल गरे।

युनाइटेडसँग बराबरी खेलेसंगै लिभरपुलले शिर्ष स्थानमा उक्लिने अवसर गुमायो। लिभरपुलको ३१ खेलमा ७१ अंक छ । युनाइटेड ३१ खेलमा ४९ अंकसहित छैटौं स्थानमा छ। आर्सनलको पनि ७१ अंक छ। तर गोल अन्तरको आधारमा आर्सनल शिर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *