December 23, 2024

एजेन्सी – इंग्लिस प्रिमियर लिगको महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल बराबरीमा रोकिएपछि लिग लिडर आर्सनललाई फाइदा पुगेको छ।

लिभरपुल युनाइटेडसँग बराबरीमा रोकिएसंगै आर्सनललाई प्रिमियर लिग उपाधि होडमा राम्रो फाइदा पुगेको हो। लिभरपुलको बराबरीले प्रिमियर लिग उपाधि होड आर्सनलको नियन्त्रणमा पुगेको छ।

अहिले आर्सनल र लिभरपुल दुवैको ७१-७१ अंक छ। तर गोल अन्तरको आधारमा आर्सनल अगाडी छ। आर्सनलको गोल अन्तर ५१ छ भने लिभरपुलको ४२ छ।

यसो भए आर्सनल बन्नेछ प्रिमियर लिग च्याम्पियन

प्रिमियर लिगमा आर्सनल, लिभरपुल र म्यानचेस्टर सिटी तीनै क्लबले ७-७ खेल खेल्न बाँकी छ। अब ७ खेल मध्ये ७ खेलमै जित निकाल्ने हो भने आर्सनल प्रिमियर लिग च्याम्पियन बन्नेछ।

बाँकी सबै खेलमा सिटी र लिभरपुल विजयी भएपनि आर्सनललाई फरक पर्ने छैन। किन भने आर्सनलले गोलअन्तरमा राम्रो अग्रता लिसकेको छ। तर बराबरी वा हारले भने पक्कै आर्सनललाई झड्का दिन सक्छ।

तर आर्सनलको पछिल्लो लयलाई हेर्ने हो भने आर्सनल पराजित हुने वा बराबरीमा रोकिने लयमा देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *