September 20, 2024

एजेन्सी – रियल म्याड्रिडका लेजेन्ड फर्नान्डो हिएरोले साउदी प्रो लिग क्लब अल नासर आवद्ध हुन अस्विकार गरेका छन्। विभिन्न मिडिया रिपोर्टहरुका अनुसार रियल म्याड्रिडका लेजेन्ड फर्नान्डो हिएरोले अल नासर आवद्ध हुन अस्विकार गरेका हुन्।

पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोको विशेष अनुरोधमा अल नासरले क्लबको खेल निर्देशकको रूपमा सामेल हुन प्रस्ताव गरेपनि हिएरोले सो प्रस्तावलाई अस्विकार गरेको बताइएको छ।

पूर्व क्रोएसियाली मिडफिल्डर गोरान भुसेभिकको राजीनामा पछि अल नासरले डिसेम्बर २०२३ देखि खेलकुद निर्देशकको खोजी गरिरहेको छ। यस्तोमा अल नासरले हिएरोलाई सम्पर्क गरेको साउदी मिडियाहरुले जनाएका छन्।

फर्नान्डो हिएरो सन् १९८९ मा रियल म्याड्रिड आवद्ध भएका थिए। उनले रियल म्याड्रिडबाट सन् २००३ सम्म खेले पूर्व डिफेन्डरले पाँच ला लिगा उपाधि, तीन यूईएफए च्याम्पियन्स लिग ट्रफी, एक कोपा डेल रे, र चार सुपरकोपा डे एस्पाना जिते।

त्यस्तै उनले सन् २०१४-१५ को सिजनमा लस ब्लान्कोसका लागि सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *