September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आज राति स्पेनिस महारथी रियल म्याड्रिड र साविक विजेता म्यानचेस्टर सिटी आज आमने-सामने हुँदैछन्।

क्वाटरफाइनलको पहिलो लेग अन्तर्गतको खेल आज राति रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

रियल म्याड्रिड आज राति गत सिजन सेमिफाइनलमा भोगेको नमिठो हारको बदला लिने योजनामा हुनेछ। गत सिजन रियल र सिटी बीच च्याम्पियन्स लिगको सेमिफाइनलमा भेट भएको थियो।

त्यसबेला पहिलो लेग १-१ को बराबरीमा सकिँदा अर्को खेलमा भने रियल नराम्रोसंग पराजित भएको थियो। दोस्रो लेगमा सिटी ४-० को गोल अन्तरले पराजित भएको थियो।

समग्रमा रियल माथि ५-१ को गोल अन्तरले पराजित गर्दै सिटी फाइनलमा प्रवेश गरेको थियो। गत सिजन फाइनल प्रवेश गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा कोपेनहेगनको सामना गरेको थियो। सिटीले कोपेनहेगनलाई समग्रमा ६-२ को गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै रियलले भने च्याम्पियन्स लिगको अन्तिम १६ मा आरबी लाइप्जिङको सामना गरेको थियो।

रियल समग्रमा २-१ को गोलले विजयी भएको थियो। एक खेल १-० को गोल अन्तरले जित्दा अर्को खेलमा भने रियल १-१ को बराबरीमा रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *