एजेन्सी – सोमबार राति साउदी सुपर कपको सेमिफाइनलमा अल नासरले अल हिलालको सामना गर्यो। निकै रोमान्चक बनेको खेलमा अल हिलाल २-१ को गोल अन्तरले विजयी भयो।
अल हिलालका लागि सलेम अल्दवसारी र मल्कोमले गोल गरे। त्यस्तै अल नासरका लागि भने एक मात्र गोल साडियो मानेले गरेका थिए। खेलमा भएका तीनै गोल दोस्रो हाफमा भएका थिए।
सोमबार राति दोस्रो हाफमा अल नासर १० खेलाडीमा समेटिएको थियो। खेलको ८६ औं मिनेटमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिन बाध्य भएका थिए।
अल-हिलाल प्रतिद्वन्द्वीलाई कुहिनोले हानेका कारण रोनाल्डोले रेड कार्ड पाएका थिए। रेड कार्ड पाउनु भन्दा अगाडी रोनाल्डोले एक एल्लो कार्ड पनि पाएका थिए।
Ronaldo tried to punch the referee after he was showed a red card 😳pic.twitter.com/XlIWDjqcWq
— Stop That Messi (@stopthatmessiii) April 8, 2024
ओटाभियोले गरेको गोलले मान्यता नपाउँदा रोनाल्डोले रेफ्रीसँग बहस गर्दा सो एल्लो कार्ड पाएका थिए। पछि अल हिलालका खेलाडीलाई कुहिनोले हानेसंगै रेफ्रीले रोनाल्डोलाई सिधै रेड कार्ड देखाए।
Ronaldo tried to punch the referee after he was showed a red card 😳pic.twitter.com/XlIWDjqcWq
— Stop That Messi (@stopthatmessiii) April 8, 2024
रेफ्रीले रेड कार्ड देखाएपछि रोनाल्डो आक्रोशित देखिएका थिए। रिसले चुर भएका रोनाल्डो रेफ्रीलाई मुक्का हान्न समेत अगाडी बढेका थिए। तर उनले आफूलाई नियन्त्रण गरे।