September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको मेगा भिडन्तमा स्पेनिस महारथी रियल म्याड्रिड र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सिटी र रियलले ३-३ को बराबरी खेलेका हुन्। खेलमा भएका ६ गोल मध्ये ३ गोल पहिलो र ३ गोल दोस्रो हाफमा भएका थिए।

खेलको दोस्रो मिनेटमै सिटीले अग्रता लिएको थियो। सो गोल बर्नार्डो सिल्भाले गरेका थिए। १२औं मिनेटमा रियलले खेलमा बराबरी गोल गर्यो। रुबेन डियासले गरेको प्रहार डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो।

खेलको १४ औं मिनेटमा रियलले अग्रता लिन सफल भयो। भिनीसियस जूनियरको थ्रु-पासमा रोड्रीगोले वान अन वान अवसरमा गोल गरेसंगै खेल २-१ को अवस्थामा पुग्यो।

खेलको ६६ औं मिनेटमा सिटीक फिल फोडेनले गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याए। त्यसपछि खेलको ७१ औं मिनेटमा सिटीले पुनः अग्रता पायो। सो गोल डिफेन्डर जोस्को गवार्डीओलले गरेका थिए।

खेलको ७९ औं मिनेटमा रियल म्याड्रिडले बराबरी गोल फर्कायो। सो गोल फेडेरिको भालभर्डेले गरेका थिए। अब दोस्रो लेग सिटीको घरेलु मैदानमा आगामी साता हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *