September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार बार्सिलोना र पेरिस सेन्ट जर्मेन(पिएसजी) आमने-सामने भए। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेस बार्सिलोनाले ३-२ को रोमान्चक जित निकाल्यो।

बार्सिलोनाको जितमा ब्राजिलियन विंगर राफिन्हा नायक बने। उनले पिएसजी विरुद्ध दुवै हाफमा एक-एक गोल गरे र बार्सिलोना जितमा महत्वपूर्ण भूमिका निभाए।

राफिन्हाले खेलको ३७ औं मिनेटमा पहिलो गोल गरेका थिए। सो गोलसंगै बार्सिलोनाले अग्रता पाएको थियो। खेलको ४८ र ५० औं मिनेटमा पिएसजील गोल गर्दा बार्सिलोना पछि पर्यो।

तर बार्सिलोनाका लागि बराबरी गोल राफिन्हाले गरे। उनले खेलको ६२ औं मिनेटमा गोल गरेसंगै बार्सिलोना खेलमा फर्किएको थियो। सो गोल पश्चात राफिन्हाले एक स्पेसन सेलेब्रेसन गरे।

उनले सो गोल पश्चात ब्राजिलियन स्टार नेयमारको जस्तै सेलेब्रेसन गरेका थिए। उनले आफ्नो जिब्रो बाहिर टाउकोमा हात राख्दै नेयमारको ट्रेडमार्क सेलेब्रेसनको नक्कल गरेका थिए।

पिएसजी छाड्नु अगाडी नेयमारले त्यस्तै किसिमको गोल सेलेब्रेसन गर्ने गरेका थिए। नेमारले सन् २०२२ मा लियोनल मेस्सीको सहयोगमा पीएसजीका लागि ब्रेस्टविरुद्ध गोल गरेपछि पहिलो पटक यस्तो सेलिब्रेशन गरेका थिए ।

पिएसजी समर्थक नै आफू विरुद्ध नाराबाजी गर्ने गरेको अवस्थामा नेयमारले सो सेलेब्रेसन गर्न थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *