September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले बिहिबार बिहान कन्काकफ च्याम्पियन्स कपको क्वार्टरफाइनलको दोस्रो लेगमा मेक्सिकन क्लब मोन्टेरेको सामना गर्यो।

पहिलो लेगमा २-१ को गोल अन्तरले पराजित भएको मियामीले दोस्रो लेगमा पनि पराजय भोग्यो। मोन्टेरेको घरेलु मैदानमा भएको दोस्रो लेगमा मियामी ३-१ को गोल अन्तरले पराजित भयो।

जससंगै मियामी समग्रमा ५-२ को हार बेहोरेर प्रतियोगिताबाट बाहिरियो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेलु स्टार लुइस सुआरेज भएर पनि मियामीले जित निकाल्न सकेन।

लाग्यो रोनाल्डोको नामको नारा

मियामीले मोन्टेरेको सामना गर्दा घरेलु समर्थकले पटक-पटक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको समर्थनमा नारा लगाए। घरेलु समर्थकले पहिलो हाफपछि मेस्सी ड्रेसिङ रुम जाँदा ‘रोनाल्डो-रोनाल्डोको नारा लगाएका थिए।

मोन्टेरे समर्थकले दोस्रो हाफमा पनि त्यस लयलाई जारी राखेका थिए। मोन्टेरे समर्थकले रोनाल्डोको नामको नारा लगाएपनि मेस्सीले त्यसमा कुनै प्रतिक्रिया भने जनाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *