September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो माथिको प्रतिबन्ध लम्बिने भएको छ। साउदीबाट प्रकाशित हुने केहि मिडियाहरुका अनुसार रोनाल्डो माथि लागेको प्रतिबन्ध थप हुने भएको हो।

साउदी सुपर कपको सेमिफाइनलमा रेड कार्ड बेहोरेपछि रोनाल्डो माथि एक खेलको प्रतिबन्ध लागेको थियो। तर अब रोनाल्डो माथिको सो प्रतिबन्ध थप हुने भएको साउदी मिडियाहरुले जनाएका छन्।

रोनाल्डोलाई अल हिलालको खेलको ८६औं मिनेटमा अल–हिलाल डिफेन्डर अली अलबुलेहीसँगको विवादका कारणले मैदानबाट बाहिर पठाइएको थियो । त्यसबेला रोनाल्डोले अलबुलेहीलाई कुहिनाले हानेका थिए।

अरबी अखबार अशरक अल-अवसतका अनुसार अनुशासन समितिले क्रिस्टियानो रोनाल्डोलाई कारवाही स्वरूप थप दुई खेलको प्रतिबन्ध सहितको कारवाही गर्न सक्छ।

अल-नासरका प्रशिक्षक लुइस क्यास्ट्रोले त्यसपछि रोनाल्डोलाई उक्साएको आरोप लगाएका छन्। पोर्चुगलका कप्तानलाई सीधा रातो कार्ड देखाइएको थियो र उनी दुई खेलको प्रतिबन्ध पनि पाउने देखिन्छ।

नियमावलीको धारा ११५ अनुसार कुनै पनि खेलाडीलाई अन्तिम फैसला सार्वजनिक हुनुअघि आफ्नो प्रतिरक्षा गर्ने अधिकार छ। यस विषयमा रोनाल्डोको अडान थाहा छैन।

यदि क्रिस्टियानो रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइयो भने, उनले अल-नासरको साउदी प्रो लिग (एसपीएल) को अप्रिल १९ मा अल फेहा विरुद्धको घरेलु खेल र अप्रिल २७ मा अल-खलिज विरुद्धको अवे खेल गुमाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *