September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउनको लागि स्पेनिस महारथी रियल म्याड्रिड र साविक विजेता म्यानचेस्टर सिटी आज राति आमने-सामने हुँदैछन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगको खेलका लागि सिटी र रियल म्याड्रिड आज राति आमने-सामने हुन लागेका हुन्। दोस्रो लेग सिटीको घरेलु मैदानमा हुनेछ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा सिटी र रियलले ३-३ को बराबरी खेलेका थिए। सेमिफाइनलमा स्थान बनाउनको लागि आज दुवै टोली जित निकाल्नु पर्ने दबाबमा हुनेछन्।

खेल इतिहाद स्टेडियममा हुने हुँदै सिटीलाई केहि न केहि लाभ पक्कै हुनेछ। तर खेल सिटीको घरेलु मैदानमा हुने भएपछि रियल जसरी हुन्छ जित निकाल्ने योजनामा हुनेछ।

म्यानचेस्टर सिटीले रियल म्याड्रिड विरुद्ध आफ्नो पछिल्लो तीन घरेलु खेलहरू सबैमा जित निकालेको छ। रियल म्याड्रिड विरुद्ध लगातार चार घरेलु खेल जित्ने एकमात्र प्रशिक्षकको रुपमा ओटमार हिट्जफेल्ड रहेका छन्।

बायर्न म्युनिखको प्रशिक्षक हुँदा उनले सो सफलता हाँसिल गरेका थिए। उनको सो सफलतासँग बराबरी गर्ने अवसर आज सिटीका प्रशिक्षक पेप गार्डियोलासँग हुनेछ। सिटी र रियल बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *