September 20, 2024

एजेन्सी- क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले रेफ्रीको गल्तीका कारण आफूहरुको च्याम्पियन्स लिग यात्रा सकिएको बताएका छन्। च्याम्पियन्स लिगको दोस्रो लेगमा पराजय भोगेपछि जाभीले यस्तो बताएका हुन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा जाभीले रेफ्रीको गल्तीका कारण आफूहरु बाहिरिन पुगेको आरोप लगाए।

रेफ्रीले आफूहरुको च्याम्पियन्स लिग यात्रा चकनाचुर पारेको जाभीको आरोप छ। जाभीले स्पष्ट रुपमा आफूहरु पराजित हुनुको मूख्य कारण रेफ्रीको गल्ती रहेको बताए।

“यो दुखको कुरा हो, रेफ्रीको गल्तीले हाम्रो च्याम्पियन्स लिग सकियो। हामी चुप लागेर बस्न सक्दैनौं। रेफ्रीका कारण खेल बदलियो। यो एक विपत्ति थियो।”,जाभीले भने।

मंगलबार राति घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना पेरिस सेन्ट जर्मेन(पिएसजी)संग ४-१ को गोल अन्तरले पराजित भयो। खेलको सुरुवातमै अग्रता लिएपनि बार्सिलोना २९ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो।

डिफेन्डर रोनाल्ड आराउहो सोझो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। जसपश्चात बार्सिलोनाले ४ गोल बेहोर्यो र समग्रमा ६-४ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *