September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन आज प्रिमियर लिग क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख आमने-सामने हँदैछन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगका लागि आर्सनल र बायर्न आमने-सामने हुन लागेका हुन्।

बायर्न र आर्सनल आज बायर्नको घरेलु मैदानमा आमने-सामने हुनेछन्। बायर्न र आर्सनल बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

आर्सनलको घरेलु मैदानमा भएको पहिलो लेगको खेल २-२ को बराबरीमा रोकिएको थियो। त्यसबेला आर्सनलका लागि बुकायो साका र लियान्ड्रो ट्रोसार्डले गोल गर्दा बायर्नका लागि सर्जी ग्नाब्री र ह्यारी केनले गोल गरेका थिए।

आज हुने खेलमा दुवै टोली जुनै पनि हालतमा जित्नै पर्ने दबाबमा हुनेछन्। खेल बायर्नको घरेलु मैदानमा हुने हुँदा त्यसको फाइदा बायर्नलाई पक्कै मिल्नेछ।

बायर्न म्युनचेन १३ औं पटक युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुँदा आर्सनल तेस्रो पटक सेमिफाइनलका लागि छनोट हुने योजनामा हुनेछ।

आर्सनल यस अगाडी सन् २००८-०९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *