एजेन्सी – फ्रेन्च क्लब परी सेन्ट जर्मेन(पिएसजी) ट्रेबल नजिक पुगेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेसंगै पिएसजी ट्रेबल नजिक पुगेको हो।
मंगलबार राति क्याम्प नोउमा भएको खेलमा पिएसजीले सानदार कम्ब्याक गर्यो। पहिलो लेगमा घरेलु मैदानमा ३-२ को गोल अन्तरले पराजित भएपनि पिएसजीले मंगलबार बार्सिलोना माथि ४-१ को जित निकाल्यो।
जससंगै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्यो। पिएसजीले अब च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ।
डर्टमण्डलाई पराजित गर्न सके पिएसजी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्नेछ। पिएसजीसँग यस पटक पहिलो च्याम्पियन्स लिग जित्ने अवसर छ। स्मरण रहोस्, पिएसजीले अहिले सम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन।
यस्तै पिएसजी यस सिजन अन्य दुई उपाधि जित्ने दौडमा पनि रहेको छ। पिएसजी अहिले फ्रेन्च लिग वानको शिर्ष स्थानमा छ। सिजनका १० खेल खेल्न बाँकी छँदा पिएसजीले १० अंकको अग्रता बनाएको छ।
त्यस्तै पिएसजी फ्रेन्च कप जित्ने दौडमा समेत छ। पिएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश गरिसकेको छ। पिएसजीले फ्रेन्च कपको फाइनलमा लियोनको सामना गर्नेछ।