September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस विरुद्धको मुद्दा जितेका छन्। पूर्व क्लब युभेन्टस विरुद्ध दायर गरेको मुद्दा रोनाल्डोले जितेका हुन्।

पारिश्रमिकको विषयलाई लिएर रोनाल्डोले दायर गरेको मुद्दा उपर फैसला गर्दा इटालियन फुटबल संघ (FIGC) को मध्यस्थता न्यायाधिकरणले युभेन्टसलाई झन्डै १० मिलियन युरो रोनाल्डोलाई तिर्न आदेश दिएको छ।

कोरोना महामारीको समयको पारिश्रमिक नपाएको भन्दा रोनाल्डोले मुद्दा दायर गरेका थिए। रोनाल्डोले साढे १९ मिलियन युरो रकम पाउनु पर्ने भन्दै मूदा दायर गरेकोमा इटालियन फुटबल संघ (FIGC) को मध्यस्थता न्यायाधिकरणले त्यसको आधा रकम तिर्न युभेन्टसलाई आदेश दिएको छ।

युभेन्टसले कोरोनाको समयमा आर्थिक संकट आइलागेपछि रोनाल्डोको सो रकम रोकेको र आर्थिक संकटबाट छुटकारा मिलेपछि तिर्ने सहमति भएपनि नतिरेको रिपोर्ट यस अगाडी नै सार्वजनिक भैसकेको कुरा हो।

रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टसमा आवद्ध भएका थिए। त्यसबेला रोनाल्डोले युभेन्टससंग ४ वर्षको लागि सम्झौता गरेका थिए। सम्झौता सकिनु भन्दा अगाडी नै पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका उनी त्यहाँबाट गत वर्ष साउदी पुगेका थिए।

युभेन्टसमा हुँदा रोनाल्डोले इटाली छाड्नुअघि लगातार दुई सिरी ए उपाधि, एक इटालियन कप र दुई सुपर कप जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *