September 19, 2024

एजेन्सी – आइतबार राति क्याटलान क्लब बार्सिलोना र लालिगा लिडर रियल म्याड्रिड आमने-सामने हुँदैछन्। आइतबार राति हुने खेल यस सिजनको अन्तिम एल क्लासिको हुनेछ।

रियल म्याड्रिडको घरेलु मैदानमा हुने खेल दुवै टोलीका लागि धेरै तरिकाबाट महत्वपूर्ण हुनेछ। रियल अहिले लालिगाको शिर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा रहेको छ।

बार्सिलोना रियल भन्दा ८ अंकले पछि छ। रियलले यस सिजन लालिगामा ३१ खेल खेल्दा २४ खेलमा जित निकालेको छ भने एक खेलमा पराजय भोगेको छ।

त्यस्तै ६ बराबरी सहित रियलले ७८ अंक बनाएको छ। बार्सिलोनाले यस सिजन ३१ खेल मध्ये २१ खेलमा अजित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। बार्सिलोनाको ७० अंक छ।

आइतबार राति बार्सिलोना रियललाई पराजित गर्ने योजनामा हुनेछ। रियललाई पराजित गर्न सके बार्सिलोना र रियल बीचको अंक दूरी ५ अंकमा झर्नेछ।

तर रियल विजयी भएको खण्डमा भने अंक दूरी ११ अंक पुग्नेछ। सो अवस्थामा रियल लालिगा उपाधिको धेरै नजिक पुग्नेछ। बार्सिलोना पछिल्लो पटक पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। आइतबार बार्सिलोना पक्कै जित निकाल्दै सो हारको दुख भुलाउन जित निकाल्ने पक्षमा अहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *