September 19, 2024

एजेन्सी – केहि खेल मिडियाहरुका अनुसार फ्रेन्च लेजेण्ड जिनेदिन जिदान कथित रूपमा बायर्न म्युनिखको अर्को प्रशिक्षक बन्न तयार छन्। स्पेनबाट प्रकाशित केहि खेल मिडियाहरुले जिदान बायर्नको प्रशिक्षक बन्न तयार रहेको दावी गरेका हुन्।

२०२१ मा रियल म्याड्रिडको प्रशिक्षकको रूपमा दोस्रो कार्यकाल अन्त्य गरेपछि विश्व कप विजेता जिदान कुनै पनि टोलीसँग आवद्ध छैनन्। उनलाई धेरै क्लबले भित्र्याउन चाहेपनि उनले अहिले सम्म कुनै क्लबको जिम्मेवारी लिएका छैनन्।

यस बीचमा जिदानलाई पेरिस सेन्ट जर्मेन(पिएसजी), चेल्सी, म्यानचेस्टर युनाइटेड र युभेन्टस जस्ता क्लबले भित्र्याउने प्रयास गरिसकेको बताइएको छ। तर कुनै पनि क्लबलाई सफलता मिल्न सकेन।

अहिले जिदानको नाम बायर्नसँग जोडिएको छ। जिदान बायर्नको नयाँ प्रशिक्षक बन्नबाट “एक कदम टाढा” रहेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ।

बायर्नका वर्तमान प्रशिक्षक थोमस टुचेलले यस सिजनको अन्त्यसंगै बायर्न छाड्ने पक्का भैसकेको छ। यस्तोमा बायर्न अहिले देखि नै नयाँ प्रशिक्षकको खोजिमा जुटिसकेको छ।

यस बीचमा बायर्नले जिदानलाई भित्र्याउन प्रयास गरिरहेको डिपोर्टिभोको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *