September 20, 2024

एजेन्सी – मेजर सकर लिग अन्तर्गत न्यासभिलको सामना गर्नु अगाडी इन्टर मियामीलाई झड्का लागेको छ। टोलीका महत्वपूर्ण खेलाडी घाइते भएसंगै मियामीलाई न्यासभिलको खेल अगाडी झड्का लागेको हो।

न्यासभिलको खेल अगाडी आयोजित पत्रकार सम्मेलनका क्रममा इन्टर मियामीका प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले लियोनेल मेस्सीको लामो समयदेखिका सहकर्मी जोर्डी अल्बा घाइते रहेको जानकारी दिए।

भेट्रान फुल ब्याकलाई मांसपेशीमा चोट लागेको मार्टिनोले बताए। मार्टिनोका अनुसार मांसपेशीमा लागेको चोटका कारण अल्बाले अब दुई खेल गुमाउनेछन्।

“जोर्डीलाई मांसपेशीमा चोट लागेको छ, उनले यो आगामी खेल र अर्को खेल गुमाउनेछन्। त्यसपछि हामी खेल-दर-खेलको आधारमा मूल्याङ्कन सुरु गर्नेछौं।”,मार्टिनोले भने।

जोर्डी अल्बाले नोउ क्याम्पमा ११ वर्ष बिताएपछि बार्सिलोनालाई फ्री एजेन्टको रूपमा छोड्ने निर्णय गरेका थिए। उनी सन् २०२३ को समरमा इन्टर मियामी आवद्ध भएका थिए।

गत सिजन उनले जम्मा सात मेजर सकर लिग खेल खेलेक थिए जसमा उनले एक गोल गरेका थिए। यो सिजन उनी राम्रो फर्ममा छन्। ९ खेलहरुमा उनले एक गोल गरेका छन् भने एक असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *