एजेन्सी – साउदी प्रो लिगमा अल नासरले सानदार जित निकालेको छ। साउदी प्रो लिगको जारी सिजनको २८ औं खेलमा अल नासरले सानदार जित दर्ता गरेको हो।
घरेलु मैदानमा भएको खेलमा अल नासरले अल फेहालाई सहजै पराजित गर्यो। पोर्चुगिज स्टार क्रिस्टियानो नभएको खेलमा साडियो माने चम्किएपछि अल नासर ३-१ को गोल अन्तरले विजयी भयो।
खेलको छैठौं मिनेटमै पाहुना टोलीले अग्रता लिएको थियो। खेलको सुरुवातमै फासियोन शाकालाले गोल गरेका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल भएनन्।
तर दोस्रो हाफमा भने अल नासरले तीन गोल थप्यो। खेलको ७२ औं मिनेटमा अब्दुलेह अल अम्रीले गोल गरेपछि अल नासर खेलमा फर्कियो। त्यसको केहि मिनेटमै अल नासरले अग्रता लियो।
खेलको ७६ औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई २-१ को अग्रता दिलाएका थिए। खेलको ८२ औं मिनेटमा मानेले पुनः गोल गरे। जससंगै अल नासर ३-१ को अवस्थामा पुग्यो।
खेलको ८८ औं मिनेटमा अल फेहा १० खेलाडीमा समेटिन पुग्यो। यस जितसंगै अल नासरले ६८ अंक बनाएको छ। एक खेल कम खेलेको अल हिलाल अल नासर भन्दा ९ अंकले अगाडी छ।