September 19, 2024

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटी शनिबार राति एफए कपको सेमिफाइनलको खेलका लागि मैदानमा उत्रियो। फाइनलमा स्थान बनाउनको लागि चेल्सी विरुद्ध खेल्दा क्लबका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड भने टोलीमा थिएनन्।

विभिन्न खेल मिडियाहरुका अनुसार हालाण्ड चोटका कारण चेल्सी विरुद्धको खेलमा सहभागी हुन नसकेका हुन्। चोटका कारण उनले चेल्सी विरुद्धको खेल गुमाएको बताइएको छ।

खेल अगाडी सिटीका प्रशिक्षक पेप गार्डियोलाले हालाण्डलाई चोट लागेको जानकारी दिएका थिए। च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा हालाण्डले रियल विरुद्ध ९० मिनेट खेलेका थिए।

तर खेलको थप गरिएको समयमा उनलाई प्रतिस्थापन गरिएको थियो। इतिहादमा रियल म्याड्रिड खेल अगाडी नै हालाण्डको खुट्टाको मांसपेशीमा समस्या देखिएको थियो।

चेल्सी विरुद्धको खेल गुमाएका हालाण्डले आगामी खेल पनि गुमाउन सक्ने उच्च सम्भावना छ। सिटीले यहि साता प्रिमियर लिगमा ब्राइटनको सामना गर्नेछ।

हालाण्ड सो खेलका लागि पनि उपलब्ध नहुन सक्छन्। शनिबार हालाण्ड बिना चेल्सी विरुद्ध उत्रिएको सिटीले १-० को जित निकाल्दै एफए कपको फाइनलमा स्थान बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *