September 21, 2024

एजेन्सी – बार्सिलोनाका पूर्व मिडफिल्डर र पूर्व अल नासर खेल निर्देशक गोरान भुसेभिकले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन्।

एक अन्तर्वार्ताका क्रममा भुसेभिकले रोनाल्डोको खुलेर प्रशंसा गरेका हुन्। क्रोएसियालीले रोनाल्डोको कार्य नीति र उनको उपस्थितिले अल नासर ड्रेसिङ रुममा पारेको प्रभावका बारेमा खुलेर चर्चा गरे।

क्रिस्टियानो रोनाल्डो सबै कुरामा उत्कृष्ट बन्न चाहने र त्यसका लागि उनी हरेक दिन बिहानदेखि साँझसम्म ट्रेन गर्ने भुसेभिकले सुनाए। रोनाल्डोका कारण ड्रेसिङ रुममा राम्रो उर्जा संचार हुने भुसेभिकको भनाई छ।

“क्रिस्टियानो रोनाल्डो सबै कुरामा उत्कृष्ट बन्न चाहन्छन्, र उनी यसको बारेमा खुलेर बोल्छन्। उत्कृष्ट बन्नको लागि रोनाल्डो हरेक दिन बिहानदेखि साँझसम्म ट्रेन गर्दछन्। जब क्रिस्टियानो रोनाल्डो ड्रेसिङ रुममा प्रवेश गर्दछन् उनी एक संतले जस्तै उर्जा निकाल्छन्।”,भुसेभिकले भने।

भुसेभिकले क्रिस्टियानो रोनाल्डो साउदी लिगका लागि पिता समान रहेको पनि बताउन छुटाएनन्। रोनाल्डोकै कारण अन्य खेलाडीहरुका लागि ढोका खुला भएका कारण रोनाल्डो साउदी लिगको पिता रहेको उनले दावी गरे।

भुसेभिकले भने,”क्रिस्टियानो रोनाल्डो साउदी लिगका पिता हुन् किनभने उनले अन्य खेलाडीहरूको लागि ढोका खोलिदिए। रोनाल्डोकै आक्रमण पछि लिग सम्पूर्ण विश्वमा महत्त्वपूर्ण बन्न पुग्यो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *