December 23, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने उच्च पारिश्रमिकका कारण बार्सिलोनाका दुई खेलाडी क्लब छोड्न चाहँदैनन्। उच्च पारिश्रमिक पाइरहेका कारण बार्सिलोना नछाड्ने योजनामा रहेका खेलाडीहरुमा फ्रेन्की डे जोङ र जुलेस काउन्डे छन्।

दुवैले बार्सिलोनामा अहिले राम्रो पारिश्रमिक पाइरहेका छन्। स्पेनिस पत्रिका स्पोर्टका अनुसार दुबै खेलाडीहरू क्लब छोड्न चाहँदैनन् किनभने दुवै हाल उच्च तलबमा सम्झौतामा छन्।

अर्को क्लबमा जाँदा कम पारिश्रमिक मिल्ने भएक कारण दुवै बार्सिलोना नछाड्ने योजनामा रहेको बताइएको छ। फ्रेन्की डे जोङ अहिले क्लबमा सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडीको रुपमा रहेका छन्।

उनले वार्षिक ४० मिलियन युरो आसपास पारिश्रमिक पाइरहेको बताइएको छ। बार्सिलोना र डच मिडफिल्डर बीच सन् २०२६ सम्मका लागि सम्झौता छ।

त्यस्तै जुलेस काउन्डेले बार्सिलोनामा साढे १३ मिलियन युरो पारिश्रमिक पाइरहेका छन्। धेरै रिपोर्टहरू अनुसार, बार्सिलोनाले डे जोङका लागि प्रस्ताव सुन्ने योजना बनाएको छ।

पारिश्रमिक घटाउन तयार भएको खण्डमा भने बार्सिलोनाले फ्रेन्की डे जोङलाई क्लबमै राख्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *