December 23, 2024

एजेन्सी – स्पेनिस प्रशिक्षक जाभी हर्नान्डेजे आफ्नो भविष्यलाई लिएर बोल्ड निर्णय गरेका छन्। केहि महिना अगाडी सार्वजनिक रुपमै बार्सिलोना छाड्ने निर्णय गरेका जाभीले भविष्य बारे अहिले आएर बोल्ड निर्णय गरेका हुन्।

जाभी बार्सिलोना छाड्ने निर्णयबाट एकाएक ब्याक भएका छन्। क्लबका उच्च अधिकारीहरुसँगको छलफल पछि जाभीले बार्सिलोनामै रहने निर्णय गरेको बताइएको छ।

यस खबरलै ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। रोमानोका अनुसार बार्सिलोना अध्यक्ष जोआन लापोर्टाले क्लबमै रहन आग्रह गरेपछि जाभी आफ्नो निर्णयबाट ब्याक भएको रोमानोको भनाई छ।

लापोर्टाले पछिल्लो भेटमा जाभीलाई आगामी सिजनका लागि क्लबको योजनाहरु बारे जानकारी दिँदै क्लबमै रहन आग्रह गरेका थिए। जसपश्चात जाभीले कम्तीमा एक सिजन बार्सिलोनामै रहने निर्णय गरे।

उल्लेखनीय रूपमा, जाभीले जनवरीमा घोषणा गरेका थिए। त्यति बेला बार्सिलोना खासै राम्रो लयमा थिएन। तर क्रमिक रुपमा बार्सिलोना लयमा फर्कियो र च्याम्पियन्स लिगको क्वाटरफाइनल सम्मको यात्रा तय गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *