September 19, 2024

एजेन्सी – अमेरिकी मेजर सकर लिगमा इन्टर मियामीले आइतबार बिहान सानदार जित दर्ता गर्यो। मियामीले न्यू इङ्गल्याण्डलाई उसकै घरेलु मैदानमा ४-१ को गोल अन्तरले पराजित गर्यो।

मियामीको जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले महत्वपूर्ण भूमिका निभाए। मियामीको तर्फबाट भएका ४ गोल मध्ये तीन गोलमा मेस्सीको भूमिका थियो।

मेस्सीले दुई गोल गर्दा एक असिस्ट दिएका थिए। उनले लुइस सुआरेजले गरेको गोलका लागि असिस्ट दिएका थिए। यसरी एकै खेलमा तीन गोलको योगदान दिएसंगै मेस्सीले केहि रेकर्ड पनि बनाएका छन्।

मेस्सीले मेस्सीले ३२औं र ६८औँ मिनेटमा गोल गरेका थिए भने ८८ औं मिनेटमा सुआरेजको गोलका लागि असिस्ट दिएका थिए। मेस्सी आइतबारको खेल पश्चात मेजर सकर लिगको इतिहाँसमा लगातार पाँच खेलमा एक भन्दा बढी गोलको योगदान दिने पहिलो खेलाडी बनेका छन्।

त्यस्तै मेस्सीले मेजर सकर लिगको सिजनका सुरुवाती सात खेलमा सबै भन्दा बढी गोल योगदान दिने खेलाडीको रेकर्ड पनि बनाएका छन्। मेस्सीले मियामीका लागि यस सिजन १६ गोलको योगदान दिसकेका छन्।

मेस्सीले यस सिजन ९ गोल गरेका छन् भने ७ असिस्ट दिएका छन्। मेस्सी मेजर सकर लिगका सर्वाधिक गोल कर्ता समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *